भारतीय ट्रकको ठक्करबाट बालकको मृत्यु, २ जना घाईते


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस १४ बिहीवार १२:४५ बजे

भारतीय ट्रकको ठक्करबाट बालकको मृत्यु, २ जना घाईते

नवलपरासी, १४ पुस ।

नवलपरासीको हकुईमा बिहिबार भएको दुर्घटनामा परी १ बालकको मृत्यु भएको छ । दुर्घटनामा परी अन्दाजी १० वर्षका बालबिकास सहानीकोे मृत्यु भएको प्रहरीले जनाएको छ ।

आमा बाबुसंग लु २ प ७४६४ नम्बरको मोटरसाईकलमा सवार बालकको परासीदेखि भैरहंवाका लागी छुटेको एच आर ५५ डब्लु ५९७४ नम्बरको भारतीय ट्रकले ठक्कर दिदा मृत्यु भएको हो ।

दुर्घटनामा बालकका बुवा बाजे सहानी र आमा कुन्ती सहानी गम्भीर घाईत्ते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । घाईत्ते दुवै जनाको परासीको पृथ्वीचन्द्र अस्पतालमा उपचार भईरहेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट