नेपालको सम्बृद्धि र सपनाबिनाको राजनीति !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस १४ बिहीवार १०:४१ बजे

नेपालको सम्बृद्धि र सपनाबिनाको राजनीति !

पुष्करकुमार अधिकारी ।

हामी नेपालीहरु सधै देशको विकास भएन, देश गरिबीको दुस्चक्रमा फस्यो भनि बारम्बार विभिन्न दलका नेताहरुलाई लगातार गाली गरिहन्छौ । तर हामीहरुले कहिल्यै पनि संमृद्ध तथा अति विकसीत नेपालको सपना देखेनांै, कल्पना गरेनौ, महत्वकांक्षा पालेनौ हामी केवल ब्यवस्था परिवर्तन र सरकार परिवर्तनका खेलमा लागि रहयौ निरन्तर…।

हामीहरुका दलहरु, हाम्रा नेताहरु केवल बर्तमानमा जसो तसो बाँच्न राजनीति गरी रहेछन्, आर्थिक विकासको र संमृद्धि सपनासम्म देख्न नसकेर एउटा विकसीत नेपालको कल्पनासम्म पनि गर्न नसकेर, जबसम्म हामी नेपाली समाजले एउटा विकसीत र संमृद्ध नेपालको सपनासम्म पनि देख्न सक्दैनौ तबसम्म यो देशको विकासमा एउटा पाईला चाल्न पनि सकिदैन, त्यसैले यो पंत्तीकारको सुझाव छ नेपाली समाजले सवभन्दा पहिला आर्थिक संमृद्धिको सपना देख्नुपर्दछ ।

कथंकदाचित कुनै नेताले संमृद्धि र विकासका बारेमा केही ठूला सपनाका कुराहरु ग¥यो भने, हाम्रो समाजले महत्वाकांक्षी, पुरा हुननसक्ने भनि सक्दो सराप गर्छ, के महत्वकांक्षी हुनु कुनै अपराधहो, कुनै पागलपन हो ? यस्तो दरिद्र मानसिकताबाट हामी सबभन्दा पहिले जाग्नुपर्दछ । देश विकासको एउटा महत्वकांक्षी खाका कोर्न सक्नुपर्दछ, यो नै देश विकासको पहिलो प्रस्थान विन्दु हो ।

देश विकासको र आर्थीक संमृद्धिको महत्वकांक्षी खाकाहरु कोर्न सवभन्दा पहिला त हामी आफुसंग तुलनात्मक लाभ भएका प्राकृतिक, संस्कृतिक र सामाजिक श्रोतहरुको बारेमा ज्ञान राख्नु पर्दछ, देश विकासको खाका कोर्नु पर्दछ, विश्वव्यापार संगठन, चिनसंग हुन गइरहेको फ्री ट्रेड संझौता, सूचना प्रविधिको विकास तथा विभिन्न खाले कनेक्टीभिटिको विश्लेषण राम्रोसंग गर्न सबै राजनैतिक दलहरु बुद्धिजीविहरु र नागरिक समाजसंगै बसी संमृद्ध र विकसीत नेपाल बनाउने मार्ग चित्र बनाउनु पर्दछ, जुनसुकै दल सत्तामा आए पनि यही संमृद्ध र विकसीत नेपालको सपना र महत्वकांक्षालाई यर्थाथको धरातलमा परिणत गर्न मन वचन र कर्मले कृत संकल्पीत भई समृद्धीको यो सपना पछ्याउन पर्दछ । यी हाम्रो संमृद्ध र विकसित नेपाल बनाउने कार्यको पहिलो खुड्किलो हुनेछ ।

हाम्रो देशमा उपलब्ध तुलनात्मक लाभ भएका प्राकृतिक श्रोतहरु जस्तै पर्यटन, जलश्रोत, कृषी र जैविक विविधताको राम्रो अध्ययन, मनन र विश्लेषण गरि ठूला ठूला उद्योग तथा पूर्वाधारको विकासका लागि कृत संकल्पीत भई त्यसलाई साकार पार्न योजना बनाउनु पर्दछ ।

आजको विश्वमा, पूँजी, प्रविधि र जनशक्ति प्रशस्त छ तर प्राकृतिक श्रोतहरु रित्तीदैछन्, सक्कीदैछन्, भाग्यको वा नेपालको भौगोलिक अवस्थीतीले गर्दा हो नेपालको प्राकृतिक श्रोतको विकास भएको छैन, त्यसैले हाम्रा विकासका परियोजनाहरुमा लगानीलाई पूँजीको व्यवस्थापन गर्न कुनै पनि समस्या छैन, साँच्चै हाम्रो भौगोलिक अवस्थीती पनि हाम्रो लागि वरदान हो किनकी विश्वका धेरै जनसंख्या भएको, चिन र भारत को आर्थिक संमृद्धिले बढाएको वजारको कारणले गर्दा हाम्रो उत्पादनहरु बढी भएमा निर्यात गर्न सजिलोसंग सकिनेछ ।

चिन र भारत दुवै देश विकासको दौडमा छन्, यस दौडलाई कायम गर्न प्रशस्त उर्जाको आवश्यकता पर्दछ, त्यसका लागि सफा उर्जा चाहिन्छ त्यसैले त्यसको केहि अंशको आपूर्ती नेपालमा ठूला ठूला बुहउद्देश्यीय जलविद्युत परियोजनाहरुको निर्माण गरेर गर्न सकिन्छ, यसको लागि चाहिने पूँजी यहि दुवै देश चीन र भारतबाट व्यवस्थापन गर्न सकिन्छ ।

अझ भारतको हकमा हाम्रा जलासययुक्त आयोजनाहरुको निर्माण अत्यावश्यक छ किनकी भारत झनै काकाकुलको स्थीतिमा पुगेको छ । भारतसँग तल्लो तटीय फाइदा सम्बन्धी सम्झौता गरि उसलाई यस्तो ठूला परियोजनहरुमा हाम्रो देशको सहमतिको आधारमा पूँजीलगाई निर्माणहरुमा सहभागी गर्न सकिन्छ । त्यसैले देशको जलश्रोतलाई पूर्ण रुपमा विकासित गरि देशलाई संमृद्धिको मार्गमा लैजानका निम्ती हामीले हाम्रो दरिद्र मानसिकता हटाउन पर्दछ अनि संमृद्ध नेपालको महत्वकांक्षा पूर्ण गर्ने ठूला आयोजनाहरु निर्माण गर्ने योजना तयार गरि त्यसैलाई पछ्याउन पर्दछ ।

हाम्रो तुलनात्मक लाभका आधारमा भन्ने हो पर्यटन सवभन्दा बढी तुलनात्मक लाभ भएको क्षेत्र हो, नेपालमा साहसिक, सांस्कृतिक, धार्मिक, कृषि र खाना पर्यटनको सवभन्दा ठूलो संभावना छ, यो एउटै श्रोतले हामी नेपालीहरुलाई आर्थिक रुपले संमृद्ध र देशलाई विकसित बनाउन सक्दछ यदि हामीले हाम्रा सपनाहरुलाई साकार पार्ने ठूला योजनाहरु बनायांै भने लक्ष्य तोक्न सक्यांै भने, त्यसै अनुसारको योजना अघि बढायांै भने ।

सिंगापुर जस्तो केही पनि प्राकृतिक श्रोत नभएको देशले वार्षिक ३ करोड पर्यटक भित्राउँछ तर हामी यस्तो ठूलो पर्यटकीय श्रोत भएको देश वार्षिक १० लाख पर्यटक भित्र्याउन भनी लक्ष्य राख्दछौं कस्तो मानसिकदरिद्रता ! हामी किन वार्षिक ३ करोड भित्र्याउने लक्ष्य सम्म पनि राख्न सक्दैनांै । हिन्दु, बुद्ध र किराँतधर्मको संगम स्थल, हिमालयको देश, वहु सांस्कृतीक र भौगोलिक विविधता यी श्रोतहरुलाई राम्रोसंग विकास र परिचालन ग¥यांै भने यसै एउटै श्रोतले मात्र हामीलाई केहि दशकको अन्तरालमा नै विकसित देशको पंक्तिमा उभ्याउन सक्दछ । त्यसैले हामीहरुमा भएको दरिद्र मानसिकता हटाई, ठूला ठूला पर्यटकीय पूर्वाधारका परियोजनाहरु बनाउन सपना देखि कार्यान्वयनमा ल्याउने भगीरथ प्रयत्न गर्न पर्दछ ।

हो, परम्परागत कृषिमा नेपालको केहि विशेष क्षेत्रमा बाहेक तुलनात्मक लाभ छैन तर उच्च मूल्यका प्राङ्गारिक कृषि उत्पादनहरुको यहाँ अपार संभावना छ । हाम्रो भौगोलिक विविधताले गर्दा नेपालमा सबै खाले उच्चमूल्य कृषि वस्तुहरु उत्पादन गर्न सकिन्छ, यसबारे हामीले कहिल्यै सपना देखेनांै, कहिल्यै यसको विकासले देश संमृद्ध हुन्छ भन्ने सोचेनौ, कृषि केवल जेन तेन बाँच्नको आधार मात्र हो भन्ने दरिद्र मानसिकता लिई, कृषि एउटा आयआर्जनको ठूलो श्रोत हो भनि योजना गरेनांै, लगानी गरेनौं । त्यसैले कृषि पनि एउटा आयआर्जन गर्ने प्रमुख श्रोत हो भन्ने सपना पाली. त्यही अनुसारका नीति तयार गरी कार्यान्वयनको तहमा लैजानु पर्दछ, यही क्षेत्र मात्रले हामीलाई संमृद्ध बनाउन सक्दछ ।

नेपाल ४४ प्रतिशत वन जंगल भएको देश, समुद्र सतहभन्दा केहि मिटर अग्लो भूभाग देखि विश्वको सर्वोच्च शिखर सगरमाथा भएको देश, हिमाली, पहाडी र तराई भएको देश, यस्तो खालको देश जहाँ विश्वमा भएका अधिकतम प्रकारका जीव तथा वनस्पती पाईन्छ, बहुमूल्य जडिबुटिको त यो देश खानी नै हो, तर हामीले यस क्षेत्रको विकास गरी संमृद्ध नेपाल बनाउन सकिन्छ भन्ने कहिल्यै पनि सपना देखेनांै, योजना बनाएनौं, यसर्थ अबदेखि यस श्रोतको विकास गरी आर्थिक संमृद्धि गर्ने सपना देख्नु पर्दछ त्यहीअनुसारका परियोजनाहरुको परिकल्पना गरी कार्यान्वयनमा ल्याउने दरिला पाइलाहरु चाल्न पर्दछ ।

संमृद्धि र विकासका लागि तुलनात्मक लाभ भएका श्रोतहरुमा आधारित ठूला ठूला परियोजनाहरु बनाउन सपनाहरु देख्नु पर्दछ र त्यसलाई साकार पार्न भगिरथ प्रयत्नगर्न पर्दछ, तर नेपालको प्रचलित संविधानअुनसार दलहरु नै देश संचालक भएका हुदाँ राजनैतीक दलहरुले महत्वकांक्षी आर्थीक नीति लिनु पर्दछ तर विधिको विडम्बना कुनै पनि दलको देश विकासको लागि प्रष्ट आर्थिक नीति छैन, केवल घोषणा पत्रलाई आर्थिक नीति मानी चल्दछन्, केवल चुनावको ध्यान राखी कनिका छरेझै बजेट छरीको भन्दाको बढी चर्चित भन्ने घोषणा पत्रहरु लेख्दछन् अनि दलका नेताहरु घोषणा पत्र नै दलको आर्थिक नीति हो भनि दंग पर्दछन् । सवभन्दा हाँसो उठ्ने कुरा त के हो भने वजेट महत्वकांक्षी भयो भनेर आरोप लगाउछन, एक अर्का प्रती कस्तो दरिद्र मानसिकता !

सवभन्दा पहिला राजनीतिक दलहरु बुद्धिजीविहरु अर्थ शास्त्रीहरुले एउटा दरिद्र मानसिकता त्यागी तुलनात्मक लाभ भएका श्रोतहरु परिचाल नगरि देशलाई संमृद्ध र विकसित बनाउने सपना देख्नु प¥यो, महत्वकांक्षा पाल्नु प¥यो ।

राजनैतिक दलहरुले नेपालको विकास र समृद्धीका लागि भनि आफ्नो स्पष्ट आर्थीक नीतिहरु लिनप¥यो अनि सबै राजनीतिक दलहरु एकै ठाँउमा उभीई सरकारको स्थीरता र निरन्तरता कायम राखी“कमन म्याक्सिमम प्रोगाम” सहित संमृद्ध र विकसित नेपालको मार्ग चित्रबनाई कार्यान्वय नगर्ने योजना बनाउनप¥यो, यसो भयो भने मात्र नेपाल केहि दशकभित्र नै विश्वको सबभन्दा संमृद्ध देश बन्न सक्दछ नत्र दरिद्र मानसिकता भएका घोषणपत्रे दलहरुका नीतिहरुले हामी नेपालीहरुलाई झन् गरीब र विपन्न बनाउनेछ ।


प्रतिक्रिया

सम्बन्धित समाचार