प्रतिपक्षको अवरोधले संसद चल्न सकेन


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस १३ बुधवार १६:३० बजे

प्रतिपक्षको अवरोधले संसद चल्न सकेन

काठमाडौँ, १३ पुस ।

नेकपा एमालेलगायतका प्रतिपक्ष दलहरुले व्यवस्थापिका–संसद्को बुधबारको बैठक पनि अबरुद्ध गरेका छन् । सरकारले गएको मङ्सिर १४ गते संविधान संशोधनको लागि संसद् सचिवालयमा प्रस्ताव दर्ता गराएसँगै प्रमुख प्रतिपक्ष एमालेलगायतका दलले संसद्को बैठक निरन्तररुपमा अवरोध गर्दै आएका छन् ।

संविधान संशोधनको प्रस्ताव फिर्ता लिएर निर्वाचनको वातावरण नबनाएसम्म अवरोध जारी राख्ने प्रतिपक्षको अडान छ । यता सभामुख ओनसरी घर्तीले निरन्तरको संसद्को अवरोध हटाउन तथा दलहरुबीच देखिएको तिक्तता र अविश्वासलाई अन्त्य गरी सहमति जुटाउन प्रयास गरिरहनुभएको छ ।

मधेस केन्द्रित दलको मागलाई सम्बोधन गर्न संविधान संशोधन प्रस्तावलाई अघि बढाउन सत्तारुढ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले गरेको आग्रहलाई प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अस्वीकार गर्दै आएको छ । संसद्को अर्काे बैठक बिहीबार (भोलि) दिनको १ बजे बोलाईएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट