स्थानीय चुनाव गर्न प्रमुख ३ दल सहमत


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस १३ बुधवार १४:३८ बजे

स्थानीय चुनाव गर्न प्रमुख ३ दल सहमत
काठमाडौँ, १३ पुस । 
 
प्रमुख ३ राजनीतिक दलले छिट्टै स्थानीय तहको निर्वाचन गर्ने सैद्धान्तिक सहमति गरेका छन् । सिंहदरबारमा बुधबार बसेको नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताको बैठकले स्थानीय तहको निर्वाचनका लागि सहमति गरेका हुँन् । 
 
स्थानीय तहको निर्वाचन गर्ने सम्बन्धमा प्रमुख दलबीच घनिभूत छलफल भएको र मधेसी मोर्चासँग छलफल गरी एक हप्ताभित्रै मिति तोक्ने सहमति भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । 
 
बैठकमा वर्तमान राजनीतिक गतिरोधको गाँठो फुकाइ अघि बढ्ने र त्यसका लागि संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव, स्थानीय तहको पुनःसंरचनासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने र निर्वाचनसम्बन्धी विधेयक पारित गरी निर्वाचनको मिति तोक्ने सम्बन्धमा छलफल भएको थियो । 


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट