हात्ति आत्तङ्कले कोसी टापुमा पर्यटक आगमनमा निषेध


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस १३ बुधवार १३:४९ बजे

हात्ति आत्तङ्कले कोसी टापुमा पर्यटक आगमनमा निषेध

इनरुवा, १३ पुस ।

पूर्वाञ्चलको प्रसिद्ध पर्यटक क्षेत्रका रुपमा रहेको कोसी टापु वन्यजन्तु आरक्षमा पर्यटक आगमनमा निषेध गरिएको छ । आरक्षको जङ्गल क्षेत्रबाट दैनिकरुपमा जङ्गली हात्ती आएर बितन्डा मच्चाउन थालेपछि आन्तरिक पर्यटक आगमनमा निषेध गरिएको कोसी टापु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ ।

हात्ती आतङ्कका कारण यहाँ अवलोकन गर्न आउने पर्यटकमा मानवीय खतरा बढेकाले आन्तरिक पर्यटक आगमनमा निषेध गरिएको आरक्षका संरक्षण अधिकृत श्यामप्रसाद साहले जानकारी दिनुभयो ।

आन्तरिक पर्यटकले अवलोकन गर्ने बेलामा पथ प्रदर्शक सहयोग नलिने गरेको र जङ्गल क्षेत्रको अवलोकन कसरी गर्ने विषयमा ज्ञानको अभाव भएकाले आरक्षमा आन्तरिक पर्यटक आगमनमा निषेध गरिएको आरक्षका संरक्षण अधिकृत साहले बताउनुभयो ।

उहाँले टाढाबाट तथा नेपालबाहेकका मुलुकबाट चरा तथा जङ्गली जनावर हेर्न आउने पर्यटकलाई अवलोकन गर्न दिइने वातावरण बनाउने बताउनुभयो । विदेशी मुलुकबाट आरक्षको चरा तथा अर्ना हेर्नका लागि आउने पर्यटकलाई पथ प्रदर्शक र सावधानी अपनाएर आरक्ष अवलोकनको वातावरण मिलाउने अधिकृत साहले बताउनुभयो । रासस


प्रतिक्रिया

सम्बन्धित समाचार