अब मुलुकभर ४ महानगरपालिका सहित ७१६ स्थानीय तह


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस १३ बुधवार ११:४२ बजे

अब मुलुकभर ४ महानगरपालिका सहित ७१६ स्थानीय तह

काठमाण्डौ, १३ पुस ।

गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निधार्रण आयोगले १० महिनाको मेहनतपछि गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका गरी ७१६ स्थानीय तहको खाका तयार पारेको छ ।

काठमाडौं, ललितपुर, पोखरा र भरतपुर गरि ४ वटा महानगरपालिका रहने गरि आयोगले पव्रतिवेलन तयार पारेको छ । यस्तै दाङ र सुनसरीमा २ २ वटा गरि देशभरमा १२ वटा उप महानगरपालिका रहने आयोगले जनाएको छ । कैलाली, बाँके, रुपन्देही, मकवानपुर, धनुषा, पर्सा, बारा र मोरङमा एक एकवटा उप महानगरपालिका बननेछन् ।

आयोगको प्रतिवेदनअनुसार अब २४५ नगरपालिका र ४५५ गाउँपालिका हुनेछन् । ७१६ स्थानीय तहमा जम्मा ६५०० वडा रहने आयोगले जनाएको छ । आयोगले केही दिनअघि नैे प्रतिवेदन तयार पारे पनि प्रधानमन्त्री पुष्पकमल दाहालले समय नदिएका कारण सरकारलाई बुझाउन नसकेको बताउँदै आएको छ ।

संवैधानिक प्रावधानअनुसार सरकारले गएको चैतमा बालानन्द पौडेलको अध्यक्षतामा पुनःसंरचना आयोग गठन गरेको थियो । आयोगको म्याद फागुन मसान्तसम्म छ । आयोगले विषेश, स्वायत्त र संरक्षित क्षेत्रको संरचना भने प्रस्ताव गर्न बाँकी नै छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार