नाम्चेका व्यवसायीद्वारा चोर पक्रन हेलिकप्टर चार्टर


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस १३ बुधवार ०७:१७ बजे

नाम्चेका व्यवसायीद्वारा चोर पक्रन हेलिकप्टर चार्टर

१३ पुस,
काठमाडौं ।

सोलुखुम्बु नाम्चेबजारका व्यवसायीहरुले चोर पक्राउ गर्न लाखौं रुपैयाँ खर्च गरेर हेलिकप्टर चार्टर गरेका छन् । नाम्चे बजारमा चोरी गरेर करिब आठ घण्टाको बाटोमा पर्ने दोले पुगेका चोरलाई पक्रन स्थानीयले हेलिकप्टर चार्टर गरेर प्रहरीलाई चोर लुकेको स्थानमा पुर्‍याएका हुन् । आजको राजधानी दैनिकमा समाचार छ ।

‘चोरी गरेका व्यक्ति पहिचान भएपछि हामीले चोर पक्रन प्रहरीलाई हेलिकप्टरमा राखेर लग्यौं, अन्नत उनीहरु पक्राउ परे । नाम्चेका स्थानीय लामाकाजी शेर्पाले भने ।

शेर्पाका अनुसार चोरीको घटना भने गत शुक्रबार भएको हो । चारले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय नाम्चेमा चोरीको प्रयास गर्‍यो । ढोका फुटाएर भित्र पसिसकेपछि सुरक्षा गार्डले थाहा पाए । र, तत्कालै चार भागेको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार