सुत्केरीको निहुँ गरी टाउको मैले खाँया भनेजस्तो हुने हो कि !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस १२ मंगलवार ०७:०७ बजे

सुत्केरीको निहुँ गरी टाउको मैले खाँया भनेजस्तो हुने हो कि !

प्यूठान,
१२ पुस ।

जोखिममा रहेका बालबालिकाको संरक्षण र उद्धार गर्नका लागि स्थापना भएको प्यूठान सेवा–समाज बालबालिका संरक्षण तथा उद्धार कोषले रु पाँच लाखको अक्षयकोषको स्थापना गरेको छ ।

प्यूठान जिल्लामा प्राकृतिक प्रकोप, आर्थिक अवस्था कमजोर र बेवारिसे बालबालिकाको अवस्था दयनीय भएको भन्दै त्यस्ता बालबालिकाको संरक्षण र उद्धारका लागि कोष स्थापना गरिएको कोषका अध्यक्ष मानबहादुर केसीले जानकारी दिनुभयो ।

प्यूठान सदरमुकाम खलङ्गा, मिडियाचोकमा सम्पन्न भएको पत्रकार सम्मेलनमा कोषका अध्यक्ष केसीले विदेशमा रहेका प्यूठानीले मासिक एक दिनको श्रमदान गरी जिल्लामा रहेका बालबालिकाको क्षेत्रमा कार्य गर्नका लागि कोषको स्थापना गरिएको बताउनुभयो ।

विदेशमा रहेका प्यूठानीको प्यूठान सेवा समाज दोहा कतार र प्यूठानका लागि रेडियो स्वर्गद्वारीले समन्वय गर्ने गरी स्थापना भएको कोष तत्कालका लागि रु पाँच लाख रहेको कोषलाई यस वर्षको अन्तिमसम्ममा रु १५ देखि २० लाखसम्म पु¥याउने लक्ष्य रहेको कोषले जनाएको छ ।

कोषमार्फत जिल्लामा रहेका बालबालिकाको संरक्षण र उद्धारसँगै पुनःस्थापनका लागि पहल गर्ने गरी स्थापना भएको कोषले जिल्लामा बालबालिकाको शिक्षामा केन्द्रित रहेर कार्य गर्ने कोषका सचिव तथा रेडियो स्वर्गद्वारीका स्टेसन म्यानेजर सिटी पोख्रेलले जानकारी दिनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार