काठमाडौं, ११ पुस ।
स्थानीय तह पुनर्संरचना आयोगले प्रतिवेदन तयार भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र लेखेको छ । आयोगले अघिल्लो हप्ता नै प्रतिवेदन बुझाउन चाहे पनि प्रधानमन्त्री दाहालले समय नदिएको भन्दै बुझाउँन नपाएको बाएका छ ।
संविधानअनुसार स्थानीय तह पुनर्संरचनापछि स्थानीय निकाय स्वत भंग हुने प्रावधान छ तर सरकारले यसबारे कुनै निर्णय गर्न सकेको छैन । साथै प्रमुख राजनीतिक दलहरुबीच स्थानीय निकायको पुरानै संरचना अनुसार निर्बाचन गर्ने बहस पनि चलिरहेको छ ।
यता आयोगले सोमबार प्रधानमन्त्री कार्यालयमा पत्र पठाएर स्थानीय तहको सीमा र संख्यासहित प्रतिवेदन बनेकाले बुझाउने समय मिलाइदिन आग्रह गरेको छ । आयोगले काठमाडौं र पोखरा महानगरपालीका रहनेगरी ७४० स्थानीय तह सिफारिस गरेको छ ।
