समाजिक कुरीतिविरुद्ध धामीझाँक्री नै सक्रिय


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस ११ सोमवार ०७:३५ बजे

समाजिक कुरीतिविरुद्ध धामीझाँक्री नै सक्रिय

११ पुस,
काठमाडौं ।

वैतडीमा सामाजिक कुरीति अन्त्यका लागि धामीझाँक्रीलगायत धार्मिक अगुवा नै सक्रिय हुन थालेका छन् ।

विभिन्न संघसंस्थाबाट तालिम पाएपछि धामीझाँक्री, ज्योतिष, पण्डितलगायतले कुरीति र सामाजिक विभेदविरुद्ध सक्रिय हुने प्रतिवद्धता जनाएका हुन् ।

कुनै बेला विरामीलाई आफैंले निको बनाउने दाबी गर्ने धामीझाक्री अहिले अस्पताल जान सल्लाह दिन्छन् । लामो समय धामीका रुपमा काम गरेका देहीमाण्डौका गगनसिंह भण्डारीले अचेल विवाह नगर्न सुझाब दिने गरेका छन् । यसअघि उनी आफैं बालविवाह गर्न प्रेरीत गर्थे । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

‘उमेर नपुगी विवाह गर्दा हुने असर र कानुनी प्रक्रियाबारे जानकारी भएपछि अरुलाई सचेत बनाउने गरेको छु’ उनले भन्छन्, ‘मैले भनेको सबैले मान्छन्, विरामीलाई अचेल छिटो अस्पताल लैजाउ भन्छु अनि बालविवाह रोक्ने काम पनि गरिरहेको छु ।

अहिले यहाँका धार्मिक अगुवाहरु समेत संगठीत रुपमा सामाजिक कुरीति रोक्न सक्रिय छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार