मस्को, १० पुस ।
ब्ल्याक सीमा दुर्घटना भएको रुसी विमानका सबै यात्रुको मृत्यु भएको रुसी अधिकारीहरुले जनाएका छन् । रुसी रक्षा मन्त्रालयका अनुसार विमानमा सवार ९२ जना कै मृत्यु भएको हो ।
सिरियाका लागी उडेको विमानको केही टुक्रा समुद्री तटबाट डेढ किलोमिटर टाढा फेला परेको जनाइएको छ । रुसी सैन्य जहाज, हेलिकोप्टर तथा ड्रोनका माध्यमबाट विमानको बाँकी हिस्सा खोज्ने काम भइरहेको अधिकारीहरुको भनाइ छ ।
रुसी सेनाको सो विमान सोचीस्थित एडलर विमानस्थलबाट उडान भरेको केही मिनेटमै दुर्घटना भएको थियो । यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सोमबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको एएफपी समाचार एजेन्सीले जनाएको छ । एजेन्सी
