धादिङ, १० पुस ।
धादिङबेंसीमा पुस ७ गतेदेखि सञ्चानमा रहेको धादिङ महोत्सवमा सल्यानटारको मास, झार्लाङको आलु र लेकाली भटमासले चर्चा पाएको छ । विशेष कृषि प्रदर्शनी आकर्षणको केन्द्रका रुपमा रहेको छ ।
बेमौसममा उत्पादन भएका बाली तथा हस्तकला, पर्यटन, स्थानीय उद्योगका सामग्री केही कक्षमा पनि भिड लागेको आयोजक समितिका सचिवालयका रोहित भण्डारीले जानकारी दिनुभयो ।
पुस १७ गतेसम्म चल्ने महोत्सवमा रहेका २ सय २१ कक्षमध्ये भारतका व्यवसायीका कक्ष पनि छन् । अचार, कपडा, खेलौना, बदाम बिक्री गर्ने भारतीयको पनि बाहुल्य छ । रासस
प्रतिक्रिया
सम्बन्धित समाचार
