विराटनगर, १० पुस ।
मोरङमा भएको छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ । कौसी–हरैँचा–३ सडकखण्डमा को ८ प ७६४ र को २ प १८०८ नंम्बरको मोटरसाइकल ठक्कर खाँदा कौसी– हरँैचा –४ का लोकनाथ दाहालको मृत्यु भएको क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
दाहालकी १० वर्षकी छोरी आकृति, लखन्तरी– ९ का ४८ वर्षका देवनाथ माझी र ३० वर्षका सुकनी माझी घाइते भएको प्रहरीले जनाएको छ ।
यसैबीच सुन्दर–दुलारी–१ मा शनिबार अपराह्न बा १ घ ५६६ नंम्बरको दूध बोक्ने ट्यांकरको ठक्करबाट गम्भीर घाइते भएकी ६१ वर्षकी यशोदा कटुवालको धरानस्थित बिपी कोइराला प्रतिष्ठानमा गएराति नै उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
