९१ यात्रुसहितको सैन्य विमान बेपत्ता


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस १० आइतवार १२:१२ बजे

९१ यात्रुसहितको सैन्य विमान बेपत्ता

मस्को, १० पुस ।

९१ जना यात्रु बोकेको रसियन विमान बेपत्ता भएको छ । रसियाली सैनिक विमान राडार कुनै ठाउँबाट उडिरहेको छ भनेर हेर्ने कम्प्युटरको मोनिटरबाट सम्पर्क बिहीन भएको रसियाली रक्षा मन्त्रालयले जानकारी दिएको स्थानीय समाचार निकायले जानकारी दिएको छ ।

विमानमा ८३ यात्रु र ८ जना चालक दलका सदस्य रहेको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरुले रसियन रक्षा मन्त्रालयको हवाला दिँदै समाचार लेखेका छन् । काला सागरबाट सोचीका लागि उडेको टीयू–१५४ विमान उडेकै केही मिनेटमै रडारको सम्पर्कबाट हराएको थियो । विमानमा सैन्य संगीत समूह र केही पत्रकारहरु समेत रहेको बताइएको छ । एजेन्सी


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट