यौनधन्दामा संलग्न पक्राउ


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस ९ शनिवार १२:०० बजे

यौनधन्दामा संलग्न पक्राउ

भक्तपुर, ९ पुस ।

महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरले यौनधन्दा गरेको आरोपमा विभिन्न रेस्टुराँ एवम् गेस्ट हाउसमा छापा मारी १० जनालाई शुक्रबार पक्राउ गरेको छ । पछिल्लो समय भक्तपुरमा व्यापक रुपमा यौनधन्दा हुने गरेको गुनासो बढेपछि प्रहरीले शुक्रबार साँझ पाँच रेस्टुराँ तथा गेस्ट हाउसमा छापा मारेको थियो ।

जगातीका ट्रपिकल प्याराडाइज रेस्टुराँ र गार्डेन होम रेस्टुराँमा महिलालाई यौनधन्दामा लगाएको आरोपमा रेस्टुराँ सञ्चालकसहित ६ पुरुष र ४ महिलालाई पक्राउ गरिएको प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार