काठमाडौँ, ९ पुस ।
नेपाल धितोपत्र बोर्डले आउँदो लमाघदेखि लागू गर्न लागेको एप्लिकेसन सपोर्टेड वाइ बल्कड् एमाउन्ट अर्थात आस्वा प्रणालीमा नौ वाणिज्य बैंक सहित एघार बैंकहरु आवद्ध भएका छन ।
बोर्डले माघदेखि सेयर आवेदन दिएपछि बैंक खातामा पैसा रोक्ने प्रणाली आस्वा लागू गर्दैछ । माघबाट लागु हुने खातामै पैसा रोकिने आस्वा प्रणाली संचालन गर्न अनुमति पाउनेमा वाणिज्य बैंकहरुमा सेन्चुरी कमर्सियल बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, एनआइसी एसिया, एनबी बैंक र कुमारी बैंक रेहका छन् भने विकास बैकमा कैलाश विकास बैंक र एस डेभलपेमन्ट बैंकले पनि अनुमति पाएका छन् ।
साधारण शेयर निष्काशन प्रकृयालाई सहज र व्यवस्थित बनाउन आस्बा सुरु गर्न बोर्डले यसका लागि बैंक तथा वित्तीय संस्थाहरुको मापदण्ड तोकेको हो । आस्बामा आवद्ध हुनका लागि प्रतिशेयर चुक्ता पुँजी भन्दा प्रतिशेयर नेटवर्थ बढी भएका वाणिज्य बैंक तथा विकास बैंकले धितोपत्र बोर्डमा आवेदन दिनु पर्ने हुन्छ ।
