मिर्गौलापीडित पार्वती भन्छिन्स् उपचार गर्न सकिएन, आमाको मुख हेरेर मर्छु


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस ९ शनिवार ०८:०४ बजे

मिर्गौलापीडित पार्वती भन्छिन्स् उपचार गर्न सकिएन, आमाको मुख हेरेर मर्छु

९ पुस, काठमाडौं ।

मिर्गौला फेल भएकी मुगु रिगाकी पार्वती उपाध्याय उपचार खर्च कतैबाट नजुटेपछि औषधि बोकेर माइत पुगेकी छन् । ‘मर्नुअघि आमाको मुख हेरौं भनेर माइत आएकी हूँ’ उनले भनिन् ।

उनले बाल्यकालदेखि नै अनेक हण्डरको सामना गर्नुपर्‍यो । १४ वर्षअघि तत्कालीन विद्रोही माओवादीले लखेटेपछि भाग्दाभाग्दै उनको बुबाले कणरली नदीमा हाम फालेर जीवन गुमाए ।

बुबाको मृत्युपछि टुहुरो बनेकी पार्वतीलाई दुखसँग आमाले हुर्काइन् । ८ कक्षा पढ्दापढदै नजीकैको मान्छेले उनलाई ललाइफकाई बिहे गरेर भारत लगे ।

उनले पतिका कारण पनि निक्कै सास्ती ब्यहोर्नु पर्‍यो । यसैबीच उनको मिर्गौला फेल भएको थाहा भयो । तर उनले उपचार गर्न सकिनन् । अनि आमाको मुख हेरेर मर्छु भन्दै माइत पुगेकी छन् । आजको राजधानी दैनिकमा समाचार छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार