विदेशीएका दाजुभाई दिदीबहिनीलाई विशेष सम्झिने दिन आज


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस ३ आइतवार ११:४९ बजे

विदेशीएका दाजुभाई दिदीबहिनीलाई विशेष सम्झिने दिन आज

काठमाण्डौ
पुस ३

आज विश्व आप्रवासन दिवस । नेपालसहित विश्वभरी विभिन्न कार्यक्रम गरी मनाइदैछ । सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तराष्ट्रिय महासन्धि पारित गरेको अवसरमा हरेक बर्ष डिसेम्बर १८ अर्थात आजकै दिन  अन्तर्रा्ष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाइन्छ ।

दिवसका अवसरमा नेपालमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले आप्रवासी श्रमिकहरुको अधिकार सुनिश्चत गर्न सरकार र राजनीतिक दलको ध्यानाकर्षण गराउँदै आएका छन् । आज कामका लागि बाहिरिन लागेका कामदारहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा औपचारिक विदाई गरी मनाइने गरिन्छ भने अन्य विभिन्न प्रचारात्मक कार्यक्रमहरुको समेत आयोजना गरिन्छ । रोजगारी र जीविकोपार्जनका लागि अन्य देश जाने र बस्ने प्रकृयालाई सामान्य रुपमा आप्रवासन भनिन्छ । आप्रवासीहरु जुन देशमा पुगेको हो त्यहि देशको कानुन अनुसारको सेवा सुविधाको मान्यता पाउनु पर्छ भन्ने सन्देश फैलाउन सन् २००० देखि हरेक बर्ष डिसेम्बर १८ मा यो दिवस मनाइदै आएको छ । नेपाली आप्रवासीहरुले आफु र आफ्ना परिवारको उन्नति तथा भलाइका लागि देश बाहिर गई संघर्ष गर्दै आएका छन् ।

नेपालीहरु कामकै लागि यूरोप सहित विश्वका १९० वटा देश पुग्दै आएका छन् । आप्रवासीको हकहितका लागि विश्वभरी आप्रवासी दिवस मनाइए पनि कामदारहरुले रोजगारदाताबाट पारिश्रमिक नपाउने, पाए पनि समयमा नपाउने, सामान्य स्वास्थ्य उपचार सेवा पनि नपाउने लगायतका समस्याबाट पीडित बन्दै आएका छन ।


प्रतिक्रिया

सम्बन्धित समाचार