भारु नसाटिने पीरले दारु !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ पुस २ शनिवार १७:५५ बजे

भारु नसाटिने पीरले दारु !

काठमाण्डौ
पुस २

नेपालमा रहेका भारु नोट व्यवस्थापनको पूर्व तयारीका लागि नेपाल राष्ट्र बैंकले गठन गरेको समितिले आन्तरिक व्यवस्थापनका लागि पूर्व तयारी पूरा गरेको छ ।

नोट सटहीको अन्तिम निर्णयका लागि समितिले अब भारतका अधिकारीहरुसँग छलफल गर्ने भएको हो । भारतले त्यहाँको ५ सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि राष्ट्र बैंकले भारु पाँच सय र हजार दरका नोट व्यवस्थापनका लागि गत मंसिर पहिलो साता व्यवस्थापन समिति गठन गरेको थियो । समितिका संयोजक समेत रहेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले भारतले नेपालमा रहेका बैधानिक भारु साटिदिनेमा आफुहरु विश्वस्त रहेको बताउनुभयो ।

उहाँका अनुसार नोट सटहीलाई कसरी व्यवस्थापन गर्ने, जाली नोट सटही हुनबाट कसरी रोक्ने र खुला सिमानाका कारण भारतबाट थप नोट आउन नदिएर नेपालमा भएका वैधानिक नोट मात्रै साट्ने व्यवस्था कसरी मिलाउने भन्नेजस्ता विषयमा छलफल गरी समाधानका लागि पूर्व तयारी गरिएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार