सरकारी जागिर खाएर हिरो हुन चाहनेहरुका लागि बाटो खुल्यो,फारम भर्नुस् भटाभट


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २९ बुधवार १३:१४ बजे

सरकारी जागिर खाएर हिरो हुन चाहनेहरुका लागि बाटो खुल्यो,फारम भर्नुस् भटाभट

काठमाण्डौ
मंसिर २९

लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणीको अप्राविधिक तर्फ शाखा अधिकृतको लिखित परीक्षाका लागि दरखास्त आह्वान गरेको छ । आयोगले आज सार्वजनीक  सुचना जारी गर्दै संयुक्त तथा एकीकृत परीक्षा प्रणाली अन्तर्गत प्रतियोगितात्मक लिखित परीक्षाका लागि दखास्त आह्वान गरेको हो ।

सबै सेवामा खुला र समावेशी गरी पाँच सय चार शाखा अधिकृतका लागि दरखास्त आह्वान गरिएको छ  ।  खुला तर्फ दुई सय ७४ तथा दुई सय ३० पद छन् । व्यवस्थापिका संसद, कानुन, न्याय, परराष्ट्र, सामान्य प्रशासन, लेखा, राजस्व, लेखापरीक्षण सेवामा दरखास्त आह्वान भएको हो ।
आउँदो पुष १९ गतेसम्म सामान्य र त्यसपछि पुष २६ गतेसम्म दोब्बर दस्तुरमा दरखास्त दिन सकिने आयोगले जनाएको छ । अनलाइन तथा आयोगका क्षेत्रीय कार्यालय, अञ्चल कार्यालय तथा जिल्ला हुलाक कार्यालयबाट निवेदन बुझाउन सकिने आयोजले सुचनामार्फत जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार