काठमाण्डौ
मंसिर २८
पूर्वी तराई–मधेसमा अत्यधिक रुपमा बढेको शीतलहर एवम् बाक्लो हुस्सुका कारण जाडोले कठ्याङ्ग्रिएर सप्तरीको गोबरगढामा गए राति एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरी, हनुमाननगर योगिनीमाई नगरपालिका–८ गोबरगढा निवासी १३ वर्षीया वन्दनाकुमारी मुखिया रहेकाको प्रहरीले जनाएको छ । बढ्दै गएको चिसोले न्यानो कपडाको अभावमा राति सुतेको अवस्थामा ओछ््यानमै उनको मृत्यु भएको बताइएको छ । केही दिनयतादेखि बढेको बाक्लो हुस्सुका कारण सप्तरीसहित तराईका जिल्लाको जनजीवन थप कष्टकर बन्दै गएको छ । चिसोका कारण यसबर्षमात्रै तराईका विभिन्न क्षेत्रमा अन्य ५ जनाको मृत्यु भइसकेको छ ।
