काठमाण्डौ
मंसिर २७
चलचित्र अभिनेतृ रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी छिन् । आज काठमाडौंको आयोजित कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले नायिका थापालाई पार्टी प्रवेशको पत्र र माला लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।
यसअघि नायिका थापा नेकपा माओवादी केन्द्रसँग आबद्ध थिइन् । नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका रेखा थापाले नेपालको राष्ट्रिय झण्डा र राप्रपाको झण्डा ओढेर मर्न चाहेको बताएकी छिन् । सोमबार कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी थापाले यसअघि आफूले माओवादी पार्टीको सदस्यता नलिएको समेत स्पष्टीकरण दिइन् । नायिका रेखासँगै उनकी आमा सरस्वती थापा पनि राप्रपामै प्रवेश गरेकी छिन् । उनलाई पनि राप्रपा अध्यक्ष थापाले माला लगाएर पार्टीमा स्वागत गरेका थिए। पार्टी प्रवेशपछि कार्यक्रममा बोल्दै नायिका थापाले आफू हिन्दु नारी भएकाले राप्रपा रोजेको बताइन्। उनले नेपाल र राप्रपाको झन्डा ओडेर मर्न चाहेको पनि बताइन्। माओवादीको आफूले सदस्यता नलिएको दाबी गर्दै नायिका रेखाले राप्रपा नै आफ्ना लागि अन्तिम पार्टी भएको बताइन्। यसअघि चर्चित लोक गायिका कोमल ओली पनि राप्रपा र राप्रपा नेपाल एकीकरण भएलगत्तै राप्रपामा औपचारिकरुपमा प्रवेश गरेकी थिइन् ।
