काठमाण्डौ
मंसिर २६
हिमपातसँगै चिसो बढेपछि दार्चुलाको उत्तरी भेगमा अवस्थित दुई प्रहरी चौकी दुम्लिङमा सरेका छन् ।
अत्यधिक हिउँका कारण तिङ्कर नाका र सीतापुल प्रहरी चौकी मङ्सिर १ गतेदेखि सरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक केदार खनालले हिउँकै कारण अहिले व्यास र राप्ला गाविस मानवविहीन भएको बताउनुभयो । उच्च हिमाली क्षेत्र राप्ला र व्यासमा बसोबास गर्ने आदिवासी जनजाति सौका समुदाय चिसो छल्न सदरमुकाम खलङ्गा झरिसकेको छ । वर्षा याममा मात्रै खेतीपाती गरिने व्यासमा बसोबास गर्नेसौका समुदाय अब वैशाखमा मात्रै घर फर्किनेछन् ।
