मानवअधिकार भन्दै मानवहरुको महान् यात्रा !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २५ शनिवार १६:०५ बजे

मानवअधिकार भन्दै मानवहरुको महान् यात्रा !

काठमाण्डौ
मंसिर २५

आज विश्व मानवअधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । सन् १९४८ डिसेम्वर १० मा संयुक्त राष्ट्रसंघको महासभाले मानवअधिकारको विश्वव्यापी घोषणा पत्र जारी गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० तारिकमा विश्वभर यो दिवस मनाउने गरिन्छ ।
यसैबिच, राष्ट्रिय मानव अधिकार आयोगले मानवअधिकारका विषयमा लक्ष्यमा पुग्न अझै धेरै आरोहअवरोह पार गर्नुपर्ने जनाएको छ । अठ्ुसठ्ठिऔँ विश्व मानवाधिकार दिवसका अवसरमा आज काठमाण्डौमा आयोजित प्रभातफेरीपछि स्थानीय शान्तिवाटिकामा आयोजित सभामा आयोगका अध्यक्ष अनुपराज शर्माले सत्ता र विपक्षमा रहेका राजनीतिक दललाई मानवाधिकार पालना गराउन सकेमा देशमा मानवअधिकार उल्लङ्घनका धेरै घटना न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय अपाङ्ग महासङ्घका उपाध्यक्ष टीका दाहालले अपाङ्गता भएका व्यक्ति मानवाधिकारबाट सबैभन्दा बढी वञ्चित भएको जिकिर गर्नुभयो । राष्ट्रिय दलित आयोगका सदस्य सीताराम घले परियारले हलिया र मुक्त कमैया अहिले पनि विभेदमा रहेको बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार