काठमाण्डौ
मंसिर ३५
काठमाडौँ उपत्यकाका प्रमुख नदी सफाइ गरी आज २२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
वाग्मती सफाइको १८७ औँ हप्तामा आज टेकु पुलपारि ललितपुरको सानेपा क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । यसैगरी रुद्रमती सफाइको १४६ औँ हप्तामा आज ज्ञानेश्वरस्थित आकाश भैरव मन्दिर परिसरमा सफा गरिएको रुद्रमती सरोकार समाजका अध्यक्ष वासुदेव मरासिनीले जानकारी दिुनभयो । विष्णुमती सफाइको १२० औँ हप्तामा भने आज परोपकार पुलमुनि वारिपारि सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सर्वसाधारणको सहभागिता थियो ।
