विगत २७ बर्षअघि हत्या गरेर भागेका अपराधी वृद्धाश्रम सोचेर जेल पुगे !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २५ शनिवार १५:५९ बजे

विगत २७ बर्षअघि हत्या गरेर भागेका अपराधी वृद्धाश्रम सोचेर जेल पुगे !

काठमाण्डौ
मंसिर २५

हत्या अभियोगमा फरार एक अभियुक्तलाई प्रहरीले आज जाजरकोटको दसेरा– ८ थलह बजारबाट २७ वर्षपछि पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा जाजरकोट साल्मा– ९ का ६२ वर्षीय प्रेमबहादुर थापा रहेका छन् । जिल्ला अदालत जाजरकोटले ज्यान मारेको अभियोगमा उनलाई २०४७ साल वैशाख ७ गते बीस वर्ष कैद सजाएको फैसला गरेको थियो । थापालाई कैद भुक्तानीका लागि जिल्ला अदालतमा पेस गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार