कहालिलाग्दो पहाडमाथी कोरिएको सडकको धर्सा,दुर्घट्नामा ३ जनाको मृत्यु,१० गम्भिर


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २४ शुक्रवार १६:०२ बजे

कहालिलाग्दो पहाडमाथी कोरिएको सडकको धर्सा,दुर्घट्नामा ३ जनाको मृत्यु,१० गम्भिर

काठमाण्डौ
मंसिर २४

सिद्धिचरण लोकमार्गअन्र्तगत उदयपुरको कटारी–घुर्मी सडक खण्डको लेखानी गाबिस ६ चनौटे (भदौरे)मा आज विहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा तीन जना यात्रुको घटना स्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा अन्य १० जना गम्भिर घाईते भएका छन् ।

मृत्यु हुनेहरुमा सप्तरी मघुपट्टी ६ की ३३ वर्षकी कुसुमदेवी राम र ६० वर्षकी सरस्वतीदेवी राम छन् । अर्की एक महिलाको नाम खुलेको छैन् । पुर्वको पशुपतिनाथ भनेर चिनिने धार्मिक स्थल खोटाङको हलेसी मन्दिर पुगेर घर सप्तरीतर्फ फर्कदै गरेको ना.४.ख. ३६२० नम्वरको रिर्जव यात्रुबाहक बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी चिरन्जिवी कोईरालाले बताउनुभयो । ४२ जना यात्रु बोकेर फर्कदै गरेको बस सडकबाट २५ मिटर तल भीरमा खसेको डिएसपी कोईरालाले बताउनुभयो । दुर्घटना स्थल विकट पहाडी क्षेत्रमा पर्ने भएकाले उद्धार कार्यमा असहज भएको उहाँको भनाई छ । दुर्घटना स्थल उदयपुरको पश्चिमी क्षेत्र कटारीबाट ३४ किलोमिटर माथि पहाडी भेगमा पर्दछ । यात्रुबाहाक बसको ब्रेकको नट खुस्की दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार