काठमाण्डौ
मंसिर २४
आज अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस । विकास , शान्ति र सुरक्षाका लागि भ्रष्टाचार विरुद्ध एक हौँ भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ ।
दिवसका अवसरमा सरकारले विभिन्न कार्यक्रम आयोजना गरेको छ । संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धी पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखमा यो दिवस मनाउन थालिएको हो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो । नेपालमा अझै पनि भ्रष्टाचार रोक्नका लागि भएका प्रयास प्रभावकारी हुन नसकेको विज्ञहरु बताउँछन् । राजनीतिक अस्थिरता, स्थानीय निकाय प्रतिनिधी बिहिन हुनु जस्ता कारणले भ्रष्टाचार न्यूनीकरणमा अवरोध भईरहेको उनीहरुको भनाई छ ।
