इराकमा फेरी ६० जनाको मृत्यु


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २३ बिहीवार ०८:५८ बजे

इराकमा फेरी ६० जनाको मृत्यु

काठमाण्डौ
मंसिर २३
इराकमा सरकारी सेनाको हवाई आक्रमणमा परी ६० जनाभन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ । सो आक्रमणमा परी १९ बालबालिका र १२ महिलाकोपनि मृत्युभएको अधिकारीहरुको भनाई छ ।

इराकको इस्लामिक स्टेट नियन्त्रित सिरियाको सिमाना नजिकै आक्रमण हुँदा गल्तीले ती सर्वसाधारणको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । घटनाका प्रत्यक्षदर्शिहरुका अनुसार सरकारीसेनाले हवाई आक्रमणमा इस्लामिक स्टेटको अखडा मानीने मस्जिदमा मिसाइल हानेका थिए तर सो मिसाइल गल्तीले व्यस्त बाजÞारमा गएर विस्फोट भएको थियो । अधिकारीहरुले सो आक्रमण राजधानी बगदादभन्दा ३ सय कि.मी अल कयमको मध्ये भागमा हिजो मध्यान्नको समयमा भएको जनाएको छ । घटना लगत्तै इस्लामिक स्टेटको अमाक न्युज एजेन्सीले एक श्रव्यदृश्य भिडियो फुटेज जारी गर्दै सरकारी सेनाले व्यस्त वजारमा गरेको आक्रमणलाई नरसंहारको संज्ञा दिइएको छ । यस्तै अमाक न्युज एजेन्सीले आक्रमणमा परी १२० सर्वसाधारणको ज्यान गएको दाबी गरेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार