सुनसरीको हनुमन्त पोलिप्याक उद्योगमा आगलागी भएपछि १५ करोड स्वाहा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २२ बुधवार १३:३४ बजे

सुनसरीको हनुमन्त पोलिप्याक उद्योगमा आगलागी भएपछि  १५ करोड स्वाहा

काठमाण्डौ
मंसिर २२
सुनसरीको दुहबी–५ सोनापुरमा रहेको हनुमन्त पोलिप्याक उद्योगमा भएको आगलागीबाट १५ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

आगलागिबाट उद्योगको भवन, कच्चाापदार्थ एउटा बोलेरो गाडी र ट्रयाक्टर गरी १५ करोड बराबरको क्षति भएको सुनसरी प्रहरीले जनाएको छ । हिजो बेलुका साढे ६ बजेदेखि लागेको आगो इटहरी, धरान, विराटनगर र दमकका दमकलको सहयोगमा राति १० बजेतिर निभाइएको थियो ।
यस्तै सुनसरीको हरिनगरा गाविसमा पनि गएराति एक पसलमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको छ । हरिनगरा गाविस–२ सुपर मार्केटमा सञ्चालन गरेको शिवन चौरसीयाको कस्मेटिक पसलमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । राति करिब २ बजे अचानक बिजुली सर्ट भई आगलागी हुँदा पसलमा रहेका विभिन्न कस्मेटिक सामग्री पूर्णरुपले जलेर नष्ट भएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार