काठमाण्डौ
मंसिर २२
सिरियाको विद्रोही नियन्त्रित पुर्वी अलेप्पो शहरको ७० प्रतिशत भुभाग सरकारी सेनाले आक्रमणपछि नियन्त्रणमा लिएको छ । पुर्वी अलेप्पोका ७० प्रतिशत भुभाग पुन सरकारी सेनाको नियन्त्रणमा आएको मानव अधिकारवादि संस्था सिरियन अव्जरभेटरी फर ह्युमन राइट्ले जनाएको हो ।
विद्रोही नियन्त्रित विभिन्न शहरलाई सरकारी सेनाले पुन नियन्त्रण गर्न अन्य सहयोगी शक्तिसँग सहकार्य गर्दै आएको छ ।
सोहि क्रममा विद्रोही नियन्त्रित पुर्वी अलेप्पो शहरमा सरकारी सेना र विद्रोही पक्षबीच गएराति अबेरसम्म भिडन्त परेको बीबीसीले उल्लेख गरेको छ । त्यहाँका अधिकारीहरुले विद्रोहीले नियन्त्रणमा लिएको जिल्लाहरुमा १ लाखभन्दा बढी सिरियाली नागरिकहरु फसेको अनुमान गरेका छन् । जहाँ गृहयुद्धका कारण खाद्यपदार्थ लगायत स्वास्थ सेवाको उचित व्यवस्था छैन ।
