ललितपुरभित्रको कर्णालीमा पुलिसको घर !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २१ मंगलवार १३:३५ बजे

ललितपुरभित्रको कर्णालीमा पुलिसको घर !

काठमाण्डौ
मंसिर २१
ललितपुरको दुर्गम  आश्राङ गाविसमा अस्थायी रुपमा बस्नका लागि प्रहरी चौकी निर्माण गरिएको छ । स्थानीयको सहयोगमा चापागाउँ प्रहरी वृतले आश्राङ ३ मा प्रहरी चौकी  स्थापना गरिएको हो ।

महानगरीय प्रहरी कार्यालयका एआइजी प्रतापसिंह थापाले एक कार्यक्रमका बीच सो प्रहरी चौकीको उद्घघाटन गर्नूभयो । द्धन्द्धकालमा माओवादीले प्रहरी चौकी भत्काएपछि प्रहरीहरु भाडाको घरमा बस्दै आएका छन् । सामूदायिक बनले उपलब्ध गराएको जग्गामा स्थानीयले श्रमदान गरेर सो चौकी बनाएका हु्न । निरीक्षणका क्रममा भाडामा प्रहरीहरु भत्किन लागेको घरमा बसेको र आफूले पहल गरी सो चौकी बनाइएको चापागाउँ प्रहरीका डिएसपी श्यामकुमार राईले बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार