काठमाण्डौ
मंसिर २०
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिसबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको भेटमा नेपालको समसामयिक राजनीतिक परिस्थिति र संक्रमणकालीन न्याय र यसको व्यवस्थापनबारे छलफल भएको छ ।
भेटमा प्रधानमन्त्री दाहालेले सबैसँग सहमति जुटाएर संविधान कार्यान्वर्यन गर्न सरकार लागेको बताउनुभयो ।
नेपालको शान्ति प्रक्रिया र द्वन्द्व व्यवस्थापन मौलिक रहेको भन्दै उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको प्रतिवेदनका आधारमा संक्रमणकालीन न्यायको व्यवस्थापन गरिने बताउनुभएको थियो । भेटमा प्रधानमन्त्री दाहालले अमेरिकी राष्ट्रपति चुनाव र त्यहाँ रहेका नेपालीहरुको भविश्यबारे चासो राखेको उनको निजी सचिवालयले जनाएको छ । जवाफमा अमेरिकी राजदूत टेप्लिसले अमेरिकी राष्ट्रपति चुनावको परिणामले नेपाल र नेपालीलाई कुनै असर नगर्ने बताउनुभयो ।
