स्वयमसेवक जन्माउने उत्तम दिन आज, के के हुदैछ त ?


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर २० सोमवार १५:३५ बजे

स्वयमसेवक जन्माउने उत्तम दिन आज, के के हुदैछ त ?

काठमाण्डौ
मंसिर २०
अन्तराष्ट्रिय स्वयंसेवक दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘युवा, विश्व र सक्रियता नाराका साथ’ स्वयंसेवाको माध्यमबाट समाजमा योगदान पु¥याइरहेका सरकारी तथा गैरसरकारी संघसंस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्दैछन् ।

सामाजिक प्रगति, प्रकृति संरक्षण लगायतका विभिन्न क्षेत्रमा निस्वार्थ रुपमा सेवामा लाग्न तथा समुदायमा गुणस्तरीय जीवन यापनको वातावरण निर्माणका लागि स्वयंसेवाको भावना वृद्धि गर्ने उद्धेश्यका साथ यो दिवस मनाउन लागिएको हो । व्यक्तिगत स्वार्थ र आत्मकेन्द्रित प्रवृत्ति बढ्दै गएको वर्तमान अवस्थामा स्वयंसेवाको माध्यमबाट विभिन्न दुःख र पीडामा रहेका वर्ग र समुदायलाई सहयोग गर्ने स्वयंसेवकहरुको सम्मान गर्दै उनीहरुमा थप हौसला प्रदान गर्नुपर्ने सरोकारवालाहरुको भनाइ छ । नेपालमा गएको बर्ष आएको भुकम्प यता यस दिवसको महत्व बढेको छ ।
नेपालमा सरकार तथा रेडक्रस, स्काउट लगायतका राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी, सामाजिक तथा सामुदायिक संघसंस्था र व्यक्ति स्वयंसेवा मार्फत सामाजिक गतिविधिमा संलग्न छन् । राष्ट्रिय योजना आयोग अन्तर्गत राष्ट्रिय विकास स्वयंसेवक सेवा कार्यक्रम मार्फत आर्थिक वर्ष २०५५–५६ देखि विभिन्न क्षेत्रमा स्वयंसेवक परिचालन हुँदै आएको छ । संयुक्त राष्ट्रसंघीय स्वयंसेवक कार्यक्रमले पनि नेपालमा स्वयंसेवाको प्रवद्र्धन तथा सामाजिक विकासका लागि काम गरिरहेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार