काठमाण्डौ
मंसिर १८
आज पच्चीसौँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको डिसेम्बर ३ मा यो दिवस मनाउने गरिन्छ । नेपालको कूल जनसंख्याको १० प्रतिशत बढी अपाङ्गता भएका व्यक्तिहरुले आजको दिनलाई अपांगता भएका व्यक्तिहरुको एउटा पर्वको रुपमा लिने गर्दछन् ।
प्रत्येक वर्ष मनाइँदै आएको यो दिवसमा उनीहरुले आफुद्धारा निर्मित सामग्री प्रदर्शन गर्ने आफ्ना क्षमतालाई विभिन्न माध्यमद्वारा व्यक्त गर्ने लगायतका कार्यहरु गर्दछन् । शारीरिक सुस्त बहिरा र दृष्टिविहीन सवै प्रकारका अपांगता भएका व्यक्तीहरु एउटै मञ्चमा भेला भएर आफ्ना साझा सवालहरुका बारेमा छलफल गर्ने गर्दछन् । अपांगता दिवसको पूर्व सन्ध्यामा अपाङगता भएका व्यक्तिको हकहितको पक्षमा काम गर्दै आएका संघसंगठनहरुले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट गरी संविधानमा अपाङगता भएकाहरुको अधिकारको सुनिश्चितता, सहज जीवनयापन, अपाङगमैत्री संरचना, रोजगारीलगायत विषयलाई गम्भीरतापूर्वका लिन ध्यानाकर्षण गराएका थिए ।
