काठमाण्डौ
मंसिर १५
त्रिवि शिक्षण अस्पतालका आवसीय चिकित्सकहरुले आजबाट आकस्मिकबाहेक सबै सेवा बहिष्कार गरेका छन् । प्राध्यापक डाक्टर गोविन्द केसीको अनशन १८ औँ दिनमा प्रवेश गर्दा पनि सहमतिका लागि सरकार गम्भीर नभएको भन्दै उनीहरुले आकस्मिकबाहेक सबै सेवा बहिष्कार गरी आन्दोलनमा उत्रीएका हुन् ।

डाक्टर केसीको जीवनरक्षाका लागि आफूहरु सेवा बहिष्कार गर्न बाध्य भएको आवासीय चिकित्सकको छाता संंगठन नेसनल रेजिडेन्ट डाक्टर्स एशोसियसनले जनाएको छ ।
सरकारले डाक्टर केसीले चाहेजसरी चिकित्साशास्त्र अध्ययन संस्थानका डिनलाई राजीनामा गराउन र त्रिभुवन विश्वविद्यालयका उपकुलपतिर्ला बर्खास्त गर्न नसक्ने बताएपछि दुवै तर्फबाट भईरहेको वार्ताबाट सहमति जुट्ने सम्भावना न्यून बनेको छ । सहमतिका लागि हिजो भएको द्धिपक्षीय वार्तामा सरकारी वार्ता टोलीका सदस्यहरुले डाक्टर केसीले आफ्ना मागमा लचिलो हुनुपर्ने बताएका र केसी समर्थकले पनि लचिलो हुन नसक्ने बताएपछि वार्ता विफल भएको थियो । दुईपक्षबीच सहमति जुट्न नसक्दा १८ औँ दिनदेखि अनसनरत डाक्टर केसीको स्वास्थ्य अवस्था भने अत्यन्तै नाजुक बन्दै गईरहेको उहाँको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
