राम र सीताको विवाह गर्न जन्ती भेला हुनेक्रम सुरु


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १४ मंगलवार १५:४६ बजे

राम र सीताको विवाह गर्न जन्ती भेला हुनेक्रम सुरु

काठमाण्डौ
मंसिर १४
प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आजदेखि विवाह पञ्चमी महोत्सव सुरु भएको छ ।

त्रेतायुगमा .श्रीराम र सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मङ्सिर शुक्ल पञ्चमीका दिन मिथिला नगरी जनकपुरधाममा पौराणिक विवाह पञ्चमी महोत्सवको आयोजना हुँदै आएको छ । यस वर्ष महोत्सव मङ्सिर २० गतेसम्म चल्ने छ । मेलामा भिडभाडलाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जनाएको छ । महोत्सवमा सहभागी हुन भारत, अयोध्याबाट हजारौँ दर्शनार्थी जनकपुर आउने गर्छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार