पूर्वतिर पानी दर्किने सम्भावना,गर्मीको कन्तबिजोग !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १३ सोमवार १५:२७ बजे

पूर्वतिर पानी दर्किने सम्भावना,गर्मीको कन्तबिजोग !

काठमाण्डौ
मंसिर १३
न्युनचापीय क्षेत्रमा आएको खराबीका कारण आज नेपालका पूर्वि र मध्ये भूभागको मौसममा गडबडी देखिएको छ । सतहबाट १ दशमलव ५ किलोमिटर माथिसम्म न्यूनचापीय क्षेत्र विकास भएकाले पूर्व र मध्यका पहाडी भागमा सामान्य बदली तथा पूर्व र सुदूरपश्चिमका तराई भेगमा सामान्य कुइरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसममा बदली भएकाले आज उपत्यकासहित देशभर केही चिसो महसुस गरिएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार आकासमा बादल लागेपछि न्यूनतम तापक्रम बढे पनि अधिकतम तापक्रम घटेकाले केही चिसो बढेको छ । पूर्वी पहाडका केही स्थानमा साँझपख छिटफुट वर्षात् हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.५ र अधिकतम तापक्रम २२.४ रहेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार