अपराधीलाई चिन्न सत्यनिरुपण आयोगको नयाँ मिसन !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १३ सोमवार १५:१३ बजे

अपराधीलाई चिन्न सत्यनिरुपण आयोगको नयाँ मिसन !

काठमाण्डौ
मंसिर १३
सत्य निरुपण तथा मेलमिलाप आयोगले यही मङ्सिरको अन्तिमदेखि सात प्रदेशमा मुकाम खडा गरी अनुसन्धानको थप काम अगाडि बढाउने तयारीे गरेको छ ।

आयोगले आन्तरिक काम ९० प्रतिशत गरिसकेको र अनुसन्धानका लागि स्थानीयस्तरमा जानुपर्ने भएकाले आयोगले सात प्रदेश एक÷एकवटा मुकाम खडा गरी काम सुरु गर्ने तयारी गरेको आयोगका सदस्य मञ्चला झाले जानकारी दिनुभयो । आयोगले सात प्रदेशमा मुकाम खडा गरेर काम गर्नका लागि आवश्यक बजेटका लागि अर्थमन्त्रालयमा माग गरिसकेको र बजेट आउनेबित्तिकै सातै प्रदेशको अनुसन्धानको काम अघि बढाउने आयोगका सदस्य झाले बताउनुभयो । सात प्रदेशमा एक–एकवटा खडा गरिएको मुकाममा अनुसन्धानका लागि सहन्यायाधीवक्ताको संयोजकत्वमा आयोगले तीन सदस्यीय गठन गर्ने निर्णयसमेत गरिसकेको छ । सहन्यायाधिवक्ताको संयोजकत्वमा आयोगले सूचीकृत गरेको एक विज्ञ, स्थानीय निकायको एक विज्ञ गरी तीनजनाबाट अनुसन्धान सुरु गर्ने आयोगले निर्णय गरिसकेको आयोगका सदस्य झाले जानकारी दिनुभयो ।

आयोगमा हालसम्म ५७ हजार ७५३ उजुरी परेका छन् । आयोगले घटनाको वर्गीकरण गरिसकेको छ । त्यसमा जघन्य अपराध र अन्य खालका अपराधलाई समेत छुट्याएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार