काठमाण्डौ
मंसिर १२
महोत्तरीको जलेश्वर कारागारमा कैदीबन्दीबीच झडप हँुदा आठ जना घाइते भएका छन् । मध्यान्हको समयमा जिल्ला काराकारमा रहेका कैदीहरुको दुई समूहबीच झडप भएको थियो ।
आपसी विवादका क्रममा बच्चा अपहरणको अभियोगमा कारागार सजाय भुक्तान गरिरहेका सन्तोष पण्डित र कारागारका कारी साहको समूहबीच झडप भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । झडपका क्रममा सन्तोषले कारीलाई खानेपानी धाराको कल ह्यान्डलले प्रहार गरी घाइते बनाएका थिए । त्यसपछि दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका इन्सपेक्टर रवीन्द्र खनालले जानकारी दिनुभयो । भिडन्तमा अन्य ६ कैदीहरुपनि घाईते भएका छन् । उनिहरुको जलेश्वरस्थित शान्ति सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । झडपको कारण खुल्न नसकेको र त्यसबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका एसपी जनक भट्टराईले जानकारी दिनुभयो । दुई समूहबीच कारागारमै झडप हुन थालेपछि प्रहरी र जलेश्वरस्थित फ्रस्ट राइफल गणको नेपाली सेनाले नियन्त्रणमा लिएको थियो ।
