साझा बसमा चढ्दा प्रधानमन्त्री गमक्क !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १२ आइतवार १५:५३ बजे

साझा बसमा चढ्दा प्रधानमन्त्री गमक्क !

काठमाण्डौ
मंसिर १२
साझा यातायातले सुविधा सम्पन्न ३० वटा नयाँ बस आजदेखि काठमाडौं उपत्यकामा  संञ्चालन गरेको छ ।  साझाले ल्याएको नयाँ ३० वटा बसको औपचारिक रुपमा सुरु गर्न प्रधानमन्त्री दहााल पुल्चोक पुग्नुभएको थियोे ।

बस सेवाको उद्घाटनपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहलले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा देशभित्र यातायात व्यवस्थाको अराजकतालाई ध्यानमा राख्दै सुधारका नीति र योजनालाई कार्यान्वयनमा ल्याउन तथा ट्राफिक व्यवस्थापनमा लागिपरेको सन्दर्भमा साझाको काम सराहनीय रहेको बताउनुभयो । चौडा सडक र ठूला बस सहरका लागि अपरिहार्य रहेको बताउँदै प्रधानमन्त्री दाहालले सहरी व्यवस्थापन र यातायात व्यवस्थालाई प्रभावकारी बनाउन काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई ऐन मार्फत व्यवस्थित गरी उपत्यकाका तीन वटै जिल्लाका सहरलाई एकीकृत र गोलबद्ध बनाएर लैजाने गृहकार्यमा सरकार लागिपरेको जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले काठमाडौँको यातायात व्यवस्थापन गर्न कामपाले साझासँग सहकार्य गरी नयाँ बस सेवा सुरु गरेको बताउनुभयो । साझा यातायात सहकारीका अध्यक्ष कनकमणि दीक्षितले ‘चौडा सडकमा ठूलो बस’ अवधारणाअनुरुप साझाले आफ्नो सेवा विस्तार गरेको बताउँदै सहरी यातायात व्यवस्थापनका लागि नयाँ नीति चाहिने औँल्याउनुभयो ।
काठमाडौं उपत्यकाका विभिन्न चार रुटमा पुराना आठसहित आज थपिएका ३० नयाँ गरी साझाका ३८ वटा बस चलेका छन् । साझा यातायातले सुरु गरेका नयाँ बसको उद्घाटनपछि प्रधानमन्त्री दाहाल बा४ख ५६५५ नंको साझाको बस चढेर सिंहदरबारस्थित आफ्नो कार्यालय जानुभएको थियो । सहरी मापदण्डका अत्याधुनिक सुविधासम्पन्न साझाका बस सञ्चालनमा आएको साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले बताउनुभयो । आधुनिक सुविधासम्पन्न साझाको बस अपाङ्गमैत्री छ, त्यसका लागि पछाडिको ढोका ठूलो र ह्विलचेयर सहजै छिराउन मिल्ने सुविधा छ ।

यसैबिच,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुरदेखि सिंहदरबारसम्म साझा बसमा यात्रा गर्नुभएको छ । आइतबार बिहान साझा बस समितिको कार्यक्रम समुद्घाटन गरेपछि प्रधानमन्त्री साझा बस हुँदै प्रधानमन्त्री कार्यालय सिंहदरबार पुग्नुभएको हो ।


प्रतिक्रिया

सम्बन्धित समाचार