काठमाण्डौ
मंसिर १२
जुम्लामा करेन्ट लागेर सख्त घाइते भएका विद्युत् कर्मचारीको आज बिहान मृत्यु भएको छ ।
चन्दननाथ–८ छिनागाउँ जुम्लाका ३८ वर्षीय दिनेशनाथ योगीको मृत्यु भएको हो । योगी कामका सिलसिलामा चन्दननाथ नगरपालिका– ७ नजिकै रहेको विद्युत् खम्बाको एसटी लाइनमा काम गरिरहेका बेला करेन्ट लागेर तल खसेका थिए । बेहोस अवस्थामा रहेका उनलाई तत्कालै स्थानीयवासीले उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लगेकामा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
