ट्याक्टर चलाउन छोडेर व्यवसायी नाराबाजीमा लाग्नुको कारण


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १२ आइतवार १५:४३ बजे

ट्याक्टर चलाउन छोडेर व्यवसायी नाराबाजीमा लाग्नुको कारण

काठमाण्डौ
मंसिर १२
जिल्ला बिकास समिती मोरङले खोलाजन्यवस्तु उत्खनन तथा निकासीमा दोहोरो मूल्य अभिवृद्धि कर असुल गरिरहेका भन्दै सुनसरी र मोरङका ट्याक्टर व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।

जिविसले दुई स्थानमा जाँच चौकी राखेर ट्याक्टर, ट्रकलगायत ठूला सवारीसाधनसँग एउटै वस्तुको मूल्य अभिवृद्धि कर दुईपटक लिएको बिरोधमा ती व्यवसायी आन्दोलित भएका हुन् । उत्खनन गर्दा र निकासी गर्दा पनि दुईपटक मूल्य अभिवृद्धि कर लिएको गुनासो गर्दै उनीहरुले ढाट क्षेत्रमा सयौँ ट्याक्टर रोकेर साङ्क्ेतिक आन्दोलन थालेका हुन् ।  मोरङको सुन्दरदुलारी नगरपालिकाको बलियामा ढाँट राखेर खोलाबाट ढुङ्गागिट्टी र बालुवा निकासी तथा उत्खननमा ८४ घनमिटरको हिसावले कर लिनुपर्नेमा ट्याक्टर वा ट्रकको बाहिरी भाग नापेर एक सय पाँच घनमिटरको हिसावले बढी कर लिने गरेको ट्याक्टर व्यवसायीको आरोप छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार