काठमाण्डौ
मंसिर ११
स्वास्थ्य शिक्षा सुधारका लागि आमरण अनसनमा बसेका डाक्टर गोविन्द केसीका माग पूरा गर्न दबाब दिँदै चिकित्सा शिक्षा क्षेत्रका आठ संगठनले आज पनि प्रदर्शन गर्ने भएका छन् । केसीको अनशनलाई वेवास्ता गरेको भन्दै ती संगठनहरुले आज प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्ने बताएका हुन् ।
यसअघि हिजो पनि बालुवाटारमा दिनभर डा केसी समर्थकहरुले प्रदर्शन गरेका थिए । रेसिडेन्ट डाक्टरहरु पनि हिजोबाट त्रिवि अस्पतालको बहिरंग विभागमा जान छाडेका छन् । डा. केसीको स्वास्थ्य जटिल बन्दासमेत सरकारले समस्या समाधानका लागि पहल नगरेको भन्दै डाक्टर केसी समर्थकहरुले देशभर आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् । डाक्टर केसी १४ दिनदेखि आमरण अनसनमा हुनुहुन्छ ।
