नक्कली शैक्षिक प्रमाणपत्र बोक्ने हाकिम साव !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १० शुक्रवार १५:४५ बजे

नक्कली शैक्षिक प्रमाणपत्र बोक्ने हाकिम साव !

काठमाण्डौ
मंसिर १०
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान बिभागका प्रमुख अनुसन्धान अधिकृत सोहन कुमार रौनियार विरुद्ध  आज विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको छ ।

रौनियारले अनुसन्धान विभागमा नियुक्त लिन तथा विभिन्न पदमा बढुवा हुन विश्वविद्यालय परीक्षा समिति पटना अन्तर्गत फारबिसगंज कलेज, पूर्णीया केन्द्रबाट सन् १९८४ मा आई.ए. उत्तिर्ण गरेको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको अख्तियारको आरोप छ । रौनियार विरुद्ध कानूनबमोजिम सजाय मागदाबी सहित कारबाहि गर्न माग गर्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार