रुपन्देहीमा लामखुट्टे आतंक,डेंगु खतराको संकेतमा !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर १० शुक्रवार १८:४८ बजे

रुपन्देहीमा लामखुट्टे आतंक,डेंगु खतराको संकेतमा !

काठमाण्डौ
मंसिर १०
रुपन्देहीमा डेङ्गु रोगको सचेतना फैलाउन नसक्दा खतरा बढ्दै गएको छ ।

भदौमा पाँचजनामा देखिएको डेङ्गुको सङ्क्रमण आज शुक्रबारसम्म १०६ जनामा देखिसकेको छ । ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने गर्छ । रुपन्देहीमा लामखुट्टेको स्थिति भयावह छ । जिल्ला जनस्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले लामखुट्टेको बासस्थानलाई नष्ट गर्नु नै डेङ्गु रोगको रोकथाम भए पनि, नियन्त्रण प्रभावकारी बन्न नसक्दा ड्ङ्गुका बिरामी बढदै गएको बताउनुभयो । जनस्वास्थ्य कार्यालयले जिल्लाभर ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान सञ्चालन गरे पनि त्यो प्रभावकारी नदेखिएको हो । डेङ्गुले तराईका जिल्लामा प्रकोपको रुप लिन थालेको छ । बुटवलमा ३५, भैरहवामा १५, सैनामैनामा ३, तिलोत्तमामा १५, देवदहमा दुई, लुम्बिनी सांस्कृतिक नगरपालिकामा तीन, रुद्रपुरमा दुई र अन्य बिरामी, गुल्मी, पाल्पा, अर्घाखा“ची र बाग्लुङबाट रुपन्देहीमा पुगेका व्यक्तिमा डेंगुको संक्रमण देखिएको शाहले जानकारी दिनुभयो । सङ्क्रमित बिरामीमध्ये कसैको पनि ज्यान नगएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

डेङ्गुको लक्षण देखिनेबित्तिकै नियमित स्वास्थकर्मीको निगरानीमा रहे डेङ्गु रोग निको हुने चिकित्सको भनाइ छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार