चीनसँगको एकमात्र सञ्चालित रसुवागढी नाका अहिले किन बन्द ?


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर ९ बिहीवार ०९:०३ बजे

चीनसँगको एकमात्र सञ्चालित रसुवागढी नाका अहिले किन बन्द ?

काठमाण्डौ
मंसिर ९
चीनको केरूङमा सडक मर्मतको काम सुरु भएपछि चीन जान लागेका दुई सय भन्दा बढी कन्टेनर रसुवागढि नाकामा रोकिएका छन् । भूकम्पले क्षति पुर्¥याएको सडक निमार्णका लागि चिनियँ पक्षले कात्तिक २९ देखि निरन्तर काम गरेपछि चीनतर्फ जान लागेका मालवाहक कन्टेनर  रोकएिका हुन् । रोकीएका कन्टेनर रसुवाको बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रुमा लाइन लागेर बसेका छन् ।

अनुसार चिनिया पक्षसंग सहकार्य गरेर काम रोकिएको बेलामा दैनिक रूपमा केही मालबाहक कन्टेनर चिनतर्फ पठाउने गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक प्रमेश विष्टले बताउनुभयो ।
सँघुरो सडकमा मालवाहक कन्टेनर रोकेपछि दुर्घटनाको जोखिम समेत बढेको छ । चीनको केरूङतर्फको सडकखण्डको ६ ठाउँमा झरेको पहिरो पन्छाउने काम सुरू भएसँगै चिनियाँ पक्षले सवारी साधनको आवागमन रोकेको थियो । पहिरो पन्छाउनका लागि व्लाष्टिङ गर्नुपर्ने भन्दै चार दिनसम्म चिनले पुर्ण रूपमा सवारी आवागमन वन्द गर्ने बताएको एक हप्ता बित्दा समेत सवारी साधन नियमित सञ्चालनमा आउन सकेका छैनन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार