लोक संगीत चलचित्र महोत्सवमा अन्तराष्ट्रिय फिल्म देखाइदै


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर ९ बिहीवार ०९:०० बजे

लोक संगीत चलचित्र महोत्सवमा अन्तराष्ट्रिय फिल्म देखाइदै

काठमाण्डौ
मंसिर ९
राजधानीमा आजदेखि ‘छैटौं अन्तराष्ट्रिय लोक संगीत चलचित्र महोत्सव’ सूरु हुदै छ । ३ दिनसम्म चल्ने सो महोत्सव राजधानीको जमलस्थित सांस्कृतिक संस्थान ‘नाचघर’मा मध्यान्न सूरु हुने छ ।

महोत्सवमा १८ देशका चलचित्रहरुले भाग लिदैंछन् । आयोजक संस्था नेपाल लोकबाजा संग्रहालयका अध्यक्ष रामप्रसाद कँडेलले नेपाली लोक संगीत, लोक नृत्य, लोक संस्कृतिलाई अन्तराष्ट्रिय स्तरमा पु¥याउन र उनीहरुको संस्कृतिबारे जानकारी दिन महोत्सव आयोजना गरिएको बताउनुभयो ।
बर्षेनी अंग्रेजी महिनाको नोभेम्बर महिनामा आयोजना गरिने महोत्सवमा आवेदन परेका विश्वभरका चलचित्रहरुमध्येबाट छनोट आधारमा प्रतिस्पर्धा गराइने अध्यक्ष कंडेलले जानकारी दिनुभयो । महोत्सवमा १८ देशका ३५ बढी लोकसंगीतमा आधारित बृत्तचित्र अर्थात छोटा–लामा चलचित्रहरु प्रदर्शनी गरिने छ । विभिन्न देशका प्रतिनिधिहरु सम्मिलित निर्णायक समितिले तीन दिन भित्र प्रदर्शन भएका उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । यसबर्षको महोत्सवमा अमेरिका, थाइल्याण्ड, भारत, कंगो, बेलायत, मेक्सिको, स्पेन, बंगलादेश, नेपाललगातका देशका लोक संस्कृतीमा आधारित चलचित्रहरु देखाइने आयोजकले जनाएको छ । आयोजक कमिटिले निर्णायक समिति समेत बनाएर महोत्सवको अन्तिम तयारी गरिरहेको छ । नेपालका चलचित्र निर्माता प्रदिप कुमार उदय, जेनेभाका ज्याक्स सरासिन र बेलायतकी कारिन वोसवाललाई निर्णायक समितिमा  राखिएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार