ओखलढुंगा जिल्ला पूर्वको कर्णाली ! सुत्केरीको मृत्यु यसरी भयो


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर ७ मंगलवार १३:५४ बजे

ओखलढुंगा जिल्ला पूर्वको कर्णाली ! सुत्केरीको मृत्यु यसरी भयो

काठमाण्डौ
मंसिर ७
ओखलढुंगाको रगनी गाविसमा एक महिलाको घरमै सुत्केरी गराउँदा मृत्यू भएको छ । सुत्केरीको उच्च रक्तश्रावका कारण मृत्यू भएको हो ।

रगनी–७ की २३ वर्षकी रीता मगरको सुत्केरी भएपछि साल अड्किएर धेरै रगत बगेका कारण मृत्यू भएको स्थानियले बताएका छन् । हिजो बिहान घरमै सामान्य रुपमा सुत्केरी भएकी मगरको साल अड्किएर दिनभर उच्च रक्तश्राव हुँदा दिउँसो मृत्यू भएको हो ।
रक्तस्राव धेरै भएपछि रगनी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी रामचन्द्र शाहलाई घरमै ल्याएर उपचार गर्दा गर्दै मगरको ज्यान गएको छिमेकीहरुले बताएका  छन् । गर्भ जाँच तथा प्रसुति गराउन स्वास्थ्य केन्द्र वा अस्पताल जानु पर्छ भन्ने ज्ञान नभएकाले घरमै सुत्केरी हुँदा अत्याधिक रक्तश्राव भएर मगरको ज्यान गएको स्वास्थ्यकर्मी रामचन्द्र शाहले बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार