आगलागी पिडितलाई एउटै छानोमुनी कोच्ने !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर ६ सोमवार १५:१६ बजे

आगलागी पिडितलाई एउटै छानोमुनी कोच्ने !

काठमाण्डौ
मंसिर ६
भोजपुरका आगलागीपीडितलाई सामूहिक बसोबासको व्यवस्था गर्नेे निर्णय गरिएकोे छ ।

जिल्ला दैवी प्रकोप उद्धार समिति, भोजपुरको आज बिहान बसेको आपतत्कालीन बैठकले प्रारम्भिक राहतअन्तर्गत प्रतिघर तत्काल रु १३ हजार राहत दिने र सामूहिक बसोबासकोे लागि जस्तापाता हालेर घरको व्यवस्था गर्नेे निर्णय गरेको छ । बैठकमा जोखिममा रहेका संरचनालाई तत्काल व्यवस्थापन, सञ्चार सम्पर्क स्थापनाको पहल र राजनीतिक दल, नागरिक समाज, पत्रकार, उद्योग वाणिज्य सङ्घलगायतले आर्थिक सहयोग सङ्कलन जुटाउने निर्णय गरियो । भोजपुर सदरमुकामको भोटेपसलमा हिजोसाँझ भीषण आगलागी हुँदा आठ घर जलेर नष्ट भएका छन् भने पाँच घरमा आंशिक क्षति पुगेकोे छ ।

आगलागीबाट  तीन करोड रुपैयाको क्षति भएको प्रारम्भिक अनुमान छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार